सुदिन लामाको पहलमा भोकभोकै बस्न बाध्य भएका १८३ पीडितलाई खाद्यान्न सामग्री वितरण:
भक्तपुर।
कोरोना भाइरसको संक्रमणका कारण विश्व अहिले आक्रान्त छ।नेपाल पनि लामो समयदेखि लकडाउनमा छ।लकडाउनले गर्दा जनताहरुको रोजीरोटीको बाटो बन्द हुन पुगेको छ।जसले गर्दा निम्न वर्गका जनताहरु भोकभोकै दिन विताउँन बाध्य छन।
यस्तो अवस्थामा रहेको १८३ पीडितहरुलाई समाजिक अभियन्ता तथा हाम्रो समृद्ध नेपालका अध्यक्ष सुदिन लामाको बिशेष पहलमा खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको छ।कोही भोका नहुन् भन्ने अवधारणाका साथ काम गर्दै आउनुभएका सुदिन लामाको पहलमा विभिन्न रोगी मृगौला पीडित,ब्लड क्यान्सर,एकल महिला,सुत्केरी आमा र साच्चिकै समस्यामा परेकाहरु लाई १ बोरा चामल,२ केजी दल,१ लिटर तेल,१प्याकेट नुन,खाद्यान्न सामग्री दिइएको छ ।
लकडाउनको कारण भोकभोकै बस्ने बाध्य भएकाहरुलाई हाम्रो समृद्ध नेपालबाट रु १लाख ५४ हजार रुपैयाँ ,अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी लोक बहादुर घिसिङले रु ९३ हजार ४ सय नब्बे रुपैयाँ,तामाङ चलचित्रका चर्चित नायक जंगे लोप्चनको तर्फबाट रु २० हजार ,समाजसेवी सरोज लामा घिसिङको तर्फबाट रु २० हजार,खेलाडी तथा सामाजिक अभियन्ता सागर घिसिङको तर्फ बाट रु २० हजार साथै समाजिक अभियन्ता बाविता योञ्जनले स्वर्गीय आमाको नाममा २ सुत्केरी आमालाई विशेष प्रोटिन युक्त खाद्यान्न दिएको हो।
काभ्रे,भक्तपुर,ललितपुर, काठमाडौं जिल्लाको विभिन्न स्थानमा लकडाउनको मारमा परेर निकै समस्यामा परेकाहरुलाई उक्त राहत वितरण गरेको हो। उक्त खाद्यान्न राहत वितरण गर्न निकै सक्रिय समाजिक अभियन्ता, कलाकार,पत्रकारहरुको सहभागी भएको थियो ।