भदौ २८, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खिलाडी ललित भण्डारी माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
आईतबार बेलुका गृहजिल्ला कञ्चनपुरको झलारी बजारमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार ललित र उनका साथी करण ठगुन्ना गर्भिर घाइते भएका छ।
कैलाली धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले क्रिकेटर भण्डारीको म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रक नियन्त्रणमा लिएपनि चालक फरार रहेको छ। घाइते दुवैलाई उपचारका लागि धनगढी लागिएको छ।