सिन्धुपाल्चोक जिल्लामा लगातारको प्राकृतिक विपद्का घटना घटिरहेको छ। बाढी पहिरोले सिन्धुपाल्चोकमा घरबार बिहीन हुनेहरु थुप्रै छन् ।
यस्तै सिन्धु जिल्लाको समय सान्दर्भिक विषयलाई समेटेर तयार पारेको ‘ कस्तो बज्रपात मेरो सिन्धु आमालाई ‘ गीत र भिडियो सार्वजनिक भएको छ।
योगेश लामाको शब्द, संगीत र स्वरमा बनेको उक्त गीतमा उनलाई साथ दिएकी छन् गायिका सृजना तामाङले । गीतको मिक्सिङ मित्र लामाले गरेको छ।
जिगमे मिडियाको प्रस्तुति ‘ कस्तो बज्रपात मेरो सिन्धु आमालाई’ गीतको भिडियो योगेश लामा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।