भदौ २९, काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। साथै हाल सक्रिय संक्रमित जम्मा १५ हजार ३९३ रहेको छ।
कोरोना संक्रमण मुक्त हुनेको ३९ हजार ७६ पुगेको छ। पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो।
संक्रमितमध्ये १२९ जना आइसियुमा छन् भने २९ जना भेन्टिलेटरमा राखिएको छ। र ६ हजार ८१२ जना क्वारेन्टाइनमा रहेका छन्।
त्यस्तै मन्त्रालयका प्रवक्ता प्राडा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
र