भदौ ३१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त गरिएको छ।
ऊर्जा , जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई कार्यकाल सकिएर बिदा भएसँगै कोइराला नियुक्त गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक १२ औँ तहमा कार्यरत थिए कोइराला ।
मंगलबार दिउँसो कुलमान घिसिङको औपचारिक रूपमा कार्यकाल सकिए लगत्तै ऊर्जा मन्त्री पुनले कोइराला निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो।