काठमाण्डौ । निर्देशक सोम कुस्कुमाझीद्धारा निर्देशित कोरोना भाइरसबारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजनिक भएको छ ।
कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।
सकुन्तला माझीको कथा रहेको उक्त चलचित्रमा रुपेश माझीले प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता रहेका छन भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता रहेका छन् ।
यमन माझीको कन्सेप्ट र आवाज रहेको उक्त चलचित्रको ब्याकराउण्ड स्कोर कर्साङ लामा, अर्जुन खड्काले सम्पादन गरेका हुन् ।
चलचित्रमा अर्जुन खड्का, सन्ध्या खड्का, अजय खड्का, खुशी श्रेष्ठ, बिबेक खड्का, अर्जुन श्रेष्ठ, हिरो राइ, सुनिल नापित, अनुस्का थापा नापित, टिका घिमिरे, लक्ष्मण श्रेष्ठ, बिष्णु हरी रिमाल, आयुश सुनार, जयन खड्का, कुमार न्यौपाने, कृष्ण कुमारी खड्का, सिम्रन राइ, सविना तामाङ, अस्मिता गौतम चम्पा लगायत कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस चलचित्र