टोकियो। जापानमा नयाँ प्रधानमन्त्री योशिहिदे सुगाले आजबाट आफ्नो पदभार सम्हालेका छन्।
बुधबार जापानको संसदमा भएको निर्वाचनमा योशिहिडे निर्वाचित भएका हुन्। उनले ” जनताको अपेक्षा पुरा गर्ने ” प्रतिबद्धता व्यक्त गरेका छन्।
जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको लिबरल डेमोक्रयाटिक पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
सुगा अहिले ७१ वर्षका भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री पनि हुन् ।