असोज २, काठमाडौं। आजका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गरिएको छ।
आज शुक्रबार बस्ने भनिएको बैठक दुई दिनपछि आईतबारका लागि सारेको हो। बिहान ११ बजेका पेरिस डाँडामा बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।