• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

अहिले सम्मकै सबैभन्दा बढी २०२० जनामा कोरोना पुष्टि

  •  संवाददाता
  • २ आश्विन २०७७, शुक्रबार २०:१८ प्रकाशित
    Advertisement

    असोज २, काठमाडौं। पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना संक्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ ।

     देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४५८ जनाको पिसीआर परीक्षणमा दुई हजार २० जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार थपिएका संक्रमित पुरुष  एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।

    हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी संक्रमित  भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् । यस्तै हाल संक्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका प्रवक्ता गौतमले बताउनुभयो ।

     हाल १७३ संक्रमितको आइसियुमा उपचार भइरहेको र  ३६ संक्रमितलाई  भेन्टिलेटरमा राखी उपचार गरिरहेको  मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यी पाँच प्रदेशका कुन कुन जिल्लामा देखिए कोरोना संक्रमित?

    प्रदेश नं १ : उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     यस्तै प्रदेश नं २: धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

     बागमती प्रदेश : काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ ।

     गण्डकी प्रदेश : कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

     प्रदेश नं ५ :अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     कर्णाली प्रदेश:  सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.