असोज २, काठमाडौं। कोरोना संक्रमणबाट २४ घन्टामा २ जना महिला र ५ जना पुरुष गरी ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया महिला ,मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३९० पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६३ प्रतिशत रहेको छ ।