संचारकर्मी डिएनडी तामाङको शब्दमा कर्साङ लामाको नयाँ गीत सार्वजनिक:
गायक कर्साङ लामाको नयाँ गीत “ह्रङलन नम्सा ह्रङलन धिम”सार्वजानिक भएको छ।टिकटकमा निक्कै हिट उक्त गीत गीतकार तथा संचारकर्मी डिएनडी तामाङले लेखेका हुन।काभ्रे रोशीमा जन्मेका कर्साङ लामा पछिल्लो समय नेपाली तथा तामाङ गीत संगीत क्षेत्रमा निक्कै व्यस्त रहेका छन।
गायक कर्साङ लामाकै संगीत रहेको यस गीतको एरेन्ज र मिक्सिङ पनि गायक स्वंयले गरेका हुन।आफ्नो घर परिवारलाई सु:ख दिने सोच बोकेर विदेश गएका युवाको वेदनालाई समेटेर तयार गरिएको यश गीत म्हारमेन मिडियाबाट सार्वजनिक भएको हो।