असोज ५, काठमाडौं। भदौ २९ गतेदेखि जुम्लामा अनसनमा बसेका डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
आठ दिनदेखि अनशनमा रहेका डा. केसी शनिबार देखि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत थिए। उनलाई जुम्लाको प्रहरी निरीक्षक नेतृत्वको टोलीले तीन दिनअघि शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचाररत डा. केसीलाई आज समिति एयरबाट काठमाडौं पठाइएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए। ‘ डा. केसी आफै काठमाडौं जान मन्जुर भएपछि हामीले पठाएका हौं। उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा. प्रविनलाई पठाएका छौं।’ निर्देशक डा. रावलले बताए।
पन्ध्रौ सत्याग्रह जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो । डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उनले बताए ।