गायक प्रदीप लामाको नयाँ गीत हेलम्बुमाथि सार्वजनिक:
गायक प्रदीप लामाको नयाँ गीत हेलम्बुमाथि सार्वजनिक भएको छ।उक्त गीतमा गायक प्रदीप लामाको स्वर रहेको छ भने अरुण तिवारीको शब्द र विक्रम थापाको संगीत रहेको छ।
अोम वाईबा तामाङले निर्देशन गरेको यस गीतमा निरन्जली लामा र एलेक्स ह्याल्मो त्यसैगरी बाल कलाकारको रुपमा राहुल लामा र निक्सला लामाले अभिनय गरेका छन।उक्त गीत गायक प्रदीप लामाको आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।