असोज १७, काठमाडौं। शुक्रबार नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण संख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ ।
काठमाण्डौ उपत्यकामा मात्रै १ हजार १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएको छ।यससँगै निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । अब नेपालमा २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।