असोज २०, काठमाडौं। जारी इन्डियन प्रिमियर लिग ( आइपिएल ) मा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको मुम्बई इन्डियन्सले समान खेलबाट ६ अंक बटुलेको छ।
सोमबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको गुमाएर १९६ रन जोड्यो।दिल्लीका लागि ब्याट्सम्यान मार्कोस स्टोइनिसले २६ बलमा ६ चौका र २ छक्का प्रहार गरेर ५३ रन जोडे । शिमरन हेडमेयरले ७ बलमा नटआउट ११ रन जोडे। रिशव पन्त २५ बलमा ३७ रन तथा कप्तान श्रेयर इयर ११ रन जोडेर आउट भए। खेलको ओपनिङ गरेका पृथ्वी शाले ४२ तथा शिखर धवनले ३२ रन बनाउदा दिल्लीले राम्रो सुरुवात गरेको थियो।
बलिङमा बेंग्लोरका मोहमद सिराजले २ विकेट लिँदा इसुरु उडाना र मोइन अलीले १-१ विकेट लिए। १९७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो। बेंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ रन जोडे भने अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
आइपिएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच खेल हुने छ।