असोज २३, काठमाडौं।नेपालमा कोरोना संक्रमित संख्या दिनहुँ दिन दुई गुणा रात चौगुना बढ्दै आइरहेको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार प्रस्तुत गरिएको तथ्याङ्कको आधारमा नेपालमा कोरोना संक्रमित संख्या लाख नजिक पुगिसकेको छ। बिहीबार मात्र देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएको छ।
यसरी दिनहुँ बढ्दै गइरहेको कोरोना संक्रमितको उपचारका लागि बेड र आइसियुको अभाव हुन थालिसक्यो। बिरामीले उपचार नपाउदै ज्यान गैरहेको छ।
कोरोना रोकथामका लागि सरकारको ल्याएका नीति र छ महिना लामो लकडाउन अनि निषेधाज्ञा फेल खाएको स्पष्ट देखिन्छ।
नेपाल कोरोना भाइरस संक्रमणको विश्व सुचीको ४३ औं स्थानमा पुगेको छ। त्यस्तै एसियाको चौथो बढी संक्रमित भएको देशमा परेको छ।
देशको अवस्था नाजुक बन्दै जाँदा समेत सत्ताधारी दल व्यक्तिगत र दलगत स्वार्थपूर्ति गर्नै लागिपरेको देशमा जनता आक्रान्त भएको छ।