शुक्रबार ( आज ) चर्चित गायिका पुजा तामाङको एकल तामाङ सेलो ” आप्पाको छोरी ” गीत र भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ।
गीतको शब्द, संगीत र एरेन्ज गायक एवम् संगीतकार चन्द्र कुमार दोङले गर्नु भएको छ। गीतको मिक्सिङ दीप स्टुडियोमा दिपेश प्रधान गरेका हुन्।
त्यस्तै गीतको भिडियोमा हामीले गीतको लेखक ,संगीतकार तथा एरेन्जर चन्द्र कुमार दोङ , मोडल निरञ्जली लामा र राजेन्द्र तामाङको अभिनय र दमदार नृत्य देख्न सक्छौं।
प्रतीक नगेस्युरको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको छायांकन सुर्य लामाले गरेको छ भने भिडियोको सम्पादन बज्र ङ्यसयुरले गरेको हो।
” आप्पाको छोरी ” गीत र भिडियो जिग्मे मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो।