गायिका पुजा बम्जनको सांगीतिक जीवनलाई नयाँ उचाईँ दिने गीत अप्पाकी छोरी:
अचेल सेलो गीत गाउँने क्रम निक्कै कम भैसकेको छ।त्यसमाथि सेलो सौन्दर्य झल्किने गीत कमै मात्रामा बजारमा आउँने गरेका छन।जुनसुकै धारका गीतलाई सेलो गीत भन्ने चलन मौलाएको छ।केही संगीतका विज्ञहरु सेलो धारलाई छोडेर गाउँने गीतहरुलाई सेलो गीत भन्न नहुने र त्यसो गर्दे गयो भने एकदिन सेलो गीत नै हराउँदै जाने तर्क राख्छन।त्यसको लागि सेलो गीतको आफ्नै लिपि निर्माण हुनुपर्ने धारणा राख्छन।
मौलिक गीत गाएमा चर्चा कम हुने अनि जामनाअनुसार चल्न नसकेको हुने भन्ने मनोविज्ञान बढ्दो रुपमा छ।पूरा विश्व नै मौलिकतातर्फ वा पहिचानतर्फ उन्मुख भईरहेको बेला हामी भने उहिलेको जस्तो पाराले गाएर हुदैँन भनेर आफ्नै पुर्खाले विकास गरेका महान सेलो,फापरे,डम्फू ,टुङनाको सौन्दर्यता माथि खिल्ली वा दज्जी उडाईँरहेका पाउँछौं।यस्तो अवस्थामा गायिका पुजा बम्जनको अप्पाकि छोरीले यसखाले सोच चिन्तन राख्नेलाई गतिलो प्रहार गर्न सफल भएका छन।
गीतमा प्रयोग भएका लय मौलिक रहेको छ,आफ्नै पोशाक प्रयोग गर्ने काम तरिफ योग्य नै छ।अनि हाम्रो सौर्न्दर्य झल्किने च्याङबा र मैच्याङ,डम्फू र टुङनाको कथा बुनिएको छ।यी चीजले नै गीतलाई बलियो बनाएको छ।मलाई ब्यक्तिगत रुपमा गायिका पुजा बम्जनको अहिलेसम्मकै मन पर्ने गीत हो अप्पाकि छोरी।यस गीतले उनको सांगितिक जीवनलाई नै नयाँ उचाईँ दिनेमा म विश्वस्त छु।गायिका ज्युलाई अझ सफलताको शुभकामना ब्यक्त गर्दछु।