असोज २५, काठमाडौँ। दुबईमा जारीरहेको 13औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा टी-२० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा १७० रनको टार्गेट दिएको थियो ।
जवाफमा चेन्नईले ८ विकेट गुमाएर मात्र १३२ रन मात्रै बनाउन सक्यो ।
ब्यांग्लोरका कप्तान विराटले ९० रनको नट आउट पारी खेलेका थिए ।उनले आईपीएलमा ३८ औँ अर्धशतक प्रहार गरेका छन् ।
यस जितसँगै बेङ्गलोर ६ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा पुगेको छ। भने चेन्नई सुपर किङ्स ७ खेलबाट ४ अंक जोडेर छैटौ स्थानमा रहेको छ।
यस जीतसँगै ब्यांग्लोर अंकतालिकाको टप ४ मा पुगेको छ ।