असोज २७, काठमाडौं। सार्वजनिक सवारी साधनले कुनैपनि मापदण्ड पुरा नगरी मनपरी भाडा शुल्क लिन थालेको भन्दै अबदेखि ५० प्रतिशत बढी भाडा लिन नपाउने निर्णय सरकारद्वारा गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनमा आधा यात्रु बोकेर ५० प्रतिशत बढी भाडा लिन पाउने अघिल्लो निर्णय परिमार्जन गरेको हो।
सरकारले दिएको मापदण्ड पुरा नगरी ५० प्रतिशत बढी भाडा लिने तर सामाजिक दूरी कायम पनि नभएको देखिएपछि यो निर्णय लिएको बताएको छ।
अब सार्वजनिक यातायातमा सवारी साधनको सिट क्षमता भरी यात्रु बोक्न पाउने र लकडाउन अघिकै भाडादर लिनुपर्ने व्यवस्था गरिएको छ।