असोज २७, काठमाडौं।इन्डियन प्रिमियर लिग आईपीएलमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले कोलकाता नाइट राइडरसलाई ८२ रनले पराजीत गरेको छ।
खेलमा बेङ्गलोरले दिएको १९५रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन मात्र बनाउन सक्यो।
टस जितेर ब्याटिङ गरेको बेङ्गलोर २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो।बेङ्गलोरको यो पाँचौँ जीत हो । यस जितसँगै बेङ्गलोर ७ खेलमा ५ जीत संगै १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा पुगेको छ।
आज साँझमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ।