रुपेन मोक्तानको शब्दमा रहेको हिमाल श्रेष्ठको देउराली पाखैमा गीतको प्रोमो सार्वजनिक:
गीतकार रुपेन मोक्तानको शब्दमा रहेको गायक हिमाल श्रेष्ठको नयाँ गीत देउराली पाखैमाको अडियो प्रोमो सार्वजनिक भएको छ।यस गीतको संगीत बुद्ध स्ह्याङबाले भरेका हुन।र संगीत संयोजन पनि उनैले गरेका हुन।
यस गीतमा गीतकार रुपेन मोक्तानले देउराली पाखामा बसेर सुसेलेका आफ्नो मायालुलाई पटुकीभित्र लुकाएर मायाको कोशेली के ल्यायो त?भनेर प्रश्न सोधेका छन।यसको पूरा जवाफ पाउँनको लागि वा सुन्नको लागि भने यहाँहरुले उक्त गीत पूरा सुन्नुपर्ने हुन्छ।जसको लागि भने दर्शक स्रोताहरुले केही समयको प्रतिक्षा गर्नुपर्नेछ।उक्त गीतको आधिकारिक प्रोमो म्युजिक लाईन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।