ताम्सलिङ प्राप्तिको अन्दोलन ताम्सलिङ क्षेत्रमै हुन जरुरी छ:मानवशास्त्री डा.मुक्त सिं थोकर
मानवशास्त्री एवम ताम्सलिङ नागरिक समाजका संयोजक डा.मुक्त सिं थोकरले ताम्सलिङ प्राप्तिको अन्दोलन ताम्सलिङ क्षेत्रमै हुनुपर्ने बताएका छन।सिङ्ग मोक्तान शो अन्तर्गत भएको ताम्सलिङ बहस श्रृङखलामा बोल्दै उनले यस्तो धारणा राखेका हुन।साथै उनले काठमाडौंमा बसी गोष्ठी,भेलाहरु गरेर ताम्सलिङ प्राप्ति नहुने बताए।त्यसको लागि नेतृत्वले भुई तहमा गएर जनतामा संगठन विस्तार गरेर जानुपर्ने उनले बताए।
उत्पिडितहरुको चेतनाको स्तर उत्पिडकहरुको तुलनामा स्वाभाविक रुपमा निम्न हुने र उनीहरु आर्थिक रुपमा पनि पछाडि रहने हुदाँ बहस छलफलमा कमै मात्र भाग लिने गर्दछ।यस्तो भएता पनि उत्पिडितहरु ढिलोचाडोँ संघर्षमा होमिने उनले बताए।साथै अब ताम्सलिङ प्राप्तिको संघर्षको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने उनले बताए।