गायक प्रदिप लामाको मर्मस्पर्शी गीत मायाले बोलाको सार्वजनिक भएको छ।बबिराज लामाको शब्द,संगीत रहेको यस गीतको मिक्सिङ र एरेन्जिङ दिपेश प्रधानले गरेका हुन।यस गीतको कोरसमा गायिकाद्वय सिर्जना स्याङतन र जितु लोप्चनले साथ दिएकि छिन।र भिडियो निर्देशन सूर्य लामाले गरेका हुन।
यस गीतमा गायक प्रदीपले गाउँघरमा बसेर आफ्नो पर्देशिएका बलापनका दौतरी वा मायालुलाई सम्झेका छन।र मायाले बोलाको अनि सुसेली हालेको नसुनेको गुनासो गरेका छन।गाउँघरमा बसेर मायाले बोलाको वा सुसेलेको परदेशि भूमिमा रहेको मायालुले सुनोस कसरी?माया नजिक छ तर विवशताले दूरीलाई टाढा बनाईँदिएको छ।यो बेदना आम युवासँग जोडिएका छ।आम युवाहरु आफ्नो देश छोडेर पर्देशिन विवश छन र आफ्नो मायालुलाई सम्झनामा मात्र राख्न विवश छन।सायद अहिले त म्यासेन्जरबाट वा भाईबर,वाटसप वा विच्याटबाट सुसेल्यो भने वा मायाले बोलायो भने आफ्नो मायालुले सुन्लानकि?खैर यो कुरा भने गायक स्वंयले नै जानुन।
उक्त गीतमा कुन्साङ तामाङ,आयुशा लामाको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको भूमिकामा राहुल लामा र निश्कला तामाङ रहेको छ।यो गीत भिडियोसहित गायक प्रदीप लामाकै ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।