कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड ९५ लाख ७३ हजार संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट ११ लाख ९ हजारको मृत्यु भएको छ । २ करोड ९६ लाख संक्रमण मुक्त भएका छन् ।
विश्वभर सक्रिय संक्रमित भने ८८ लाख रहेको छ।
सबैभन्दा बढी अमेरिकामा ८२ लाख संक्रमित रहेका छन् त्यसमध्ये २ लाख २३ हजारको मृत्यु भइसकेको छ ।
दोस्रोमा ७४ लाख संक्रमित रहेेको देश भारत रहेको छ। भारतमा १ लाख १३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५३ हजारको मृत्यु भएको छ ।