एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या करिब ४ करोड नजिक पुगेको छ।
वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ३ करोड ९९ लाख ३८ हजार ५६५ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये करिब ३ करोड निको भएका छन्। अस्पतालबाट निको भएर डिस्चार्ज हुनेको संख्या २ करोड ९८ लाख ८४ हजार ७८८ पुगेको छ। बाँकी ८९ लाख ५६ हजार ९३२ जनाको उपचार भइराखेको वल्डोमिटरले जनाएको छ।उपचार गराइराखेका मध्ये ७१ हजार ९ सय ३४ जनाको अवस्था जटिल छ । ८ लाख ७१ हजारको अवस्था सामान्य रहेको छ ।अहिलेसम्म विश्वभर ११ लाख १४ हजारको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
विश्वभर सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ४२ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये ५४ लाख ३२ हजार निको भएका छन् । २ लाख २४ हजारको भने मृत्यु भएको छ ।
७४ लाख ९२ हजारमा कोरोना पुष्टि भएको भारतमा ६५ लाख ९४ हजारले कोरोना जितेका छन् । १ लाख १४ हजारको कोरोनाले मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार ३२ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख २४ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ ४६ लाख ३५ हजार निको भएका छन् भने १ लाख ५३ हजारको मृत्यु भएके छ ।
नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९ हजार ८४० डिस्चार्ज हुँदा ७२७ जनाको कोरोनाले मृत्यु भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।