डुप्साङ तामाङको शब्द रहेको गायक मदन घलान र गायिका बिनिता लोप्चनको पूर्व सिलिङलिङ सार्वजनिक:
गीतकार एवम् कवि डुप्साङ लामाखोर तामाङको शब्द रहेको गायक मदन घलान र गायिका बिनिता लोप्चनको स्वरमा रहेको नयाँ गीत पूर्व सिलिङलिङ भिडियोसहित सार्वजनिक भएको छ।यस गीतको संगीत संगीतकार सानुबाबु घिसिङले भरेका हुन।यस गीतको ऐरेन्ज नोर्बु शेर्पाले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन।
टिकटकमा अत्याधिक रुचाईएको उक्त गीत तामाङ समूदायमा प्रचलित मौलिक ठट्यौलीपनमा आधारित रहेको छ।यस गीतमा निरज लामाखोर र दिप्ति गोम्जाले अभिनय गरेका छन।यस गीतको निर्देशन प्रतिक ङेसुरले गरेका छन।उक्त गीत गायक मदन घलानको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।