कार्तिक २, काठमाडौं। देशमा कोरोना संक्रमण तिब्र गतिमा बढीरहेको समयमा अस्पतालहरूमा बेड र अक्सिजनको कमी हुन थालिसक्यो तर कम्युनिष्ट सरकार दशैँ भत्ता वितरणमा मग्न छ।
सरकारको यस्तो निन्दनीय कार्यको सर्वत्र आलोचना र विरोध भइरहेको छ। जनता उपचार नपाएर धमाधम मर्न थाले पनि केपी ओली नेतृत्वको सरकारले कानुनविपरीत सांसदहरूलाई उनीहरूको बैंक खातामा भत्ता हालिदिएपछि यो निर्णयको विरोध भएको हो ।
सरकारको यो निर्णयको जनस्तरमा विरोध भएपछि नेकपा स्थायी कमिटी सदस्य भीम रावलले आफू बैंक खाताबाट रकम कट्टी गर्न मञ्जुर रहेको बताएका छन् । नेता रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत दशैंभत्ता नलिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’