कार्तिक २, काठमाडौं।धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक मृत फेला परेका छन् ।
निरीक्षक विक र जवान रामबहादुर साँउद शनिबार रातिदेखि बेपत्ता रहेका थिए । उनीहरुमध्ये विकको शव नेपाल भारत सीमास्थित मोहना नदी नजिकै फेला परेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका उनीहरु दुवैजना सम्पर्कबिहीन भएका थिए।
यस्तै उनीसँगै डिउटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताए । उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।