कार्तिक २, काठमाडौं। आईतबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले निजी, सहकारी, सरकारी तथा सामुदायिक अस्पताललाई ५० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ।
मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको हो ।
साथै कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको हो । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।