कार्तिक ३, काठमाडौं। गएराति भएको इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।
आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा गएराति टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो। यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ ।
जवाफमा हैदारावादले २० ओभरमा ६ विकेट गुमाउँदै समान रन बनाएपछि खेल टाई भएर खेललाई सुपर ओभरमा लगियो ।सुपर ओभरमा लोकी फर्गुसनको उत्कृष्ट बलिङका कारण कोलकाताले मात्र तीन रनको लक्ष्य पाएको थियो ।जसलाई कोलकाताले तीन बलमा सहजै पूरा गर्यो ।
यो जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ ।
गएराति भएको अर्को खेलमा किङ्स इलाभेन पञ्जाब र मुम्बई इण्डियन्स बीचको प्रतिस्पर्धामा पनि दुई पटक सम्मको सुपर ओभर खेल्दै पञ्जाबको जीत भएको थियो।
आज सोमबार राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्स् बीच प्रतिस्पर्धा हुुुुनेछ।