कार्तिक ४, काठमाडौं। कैलाली धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज असई गोविन्द विकसँग ड्युटीमा गएका अर्का प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
असई गोविन्द विकको हत्या तस्करहरूले गरेको खुलेसंगै जवान रामबहादुरको हत्या तिनै तस्करले गरेको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरीले जनाएको हो।
अवैध मालसामान ओसारपसारमा अवरोध भएपछि तस्करहरूले घरेलु हतियार फरूवा प्रहार गरी गाेविन्दकाे हत्या गरेको अनुसन्धानबाट खुलेकाे हो ।
शनिबार राति गस्तीमा गएको बेला वडा नम्बर १० जुगेडाबाट बेपत्ता भएका थिए गोविन्द विक र रामबहादुर साउँद।
अनुसन्धानको क्रममा अहिसम्म १६ जनालाई पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरी दाबी छ ।