दशैँ तिहारको अवसर पारी गीतसंगीत सार्वजनिक गर्ने क्रम बढ्दो छ।यही समयमा शदाबहार अन्लाईन टिभी काे प्रस्तुतिमा ‘ सप्तरंगी भाई टिका’ तिहार गीत जिग्मे मीडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
तिहार विशेष उक्त गीतमा जितु लोप्चन विशाल काल्तन , प्रकाश तामाङ तितुङ ,र सुमिना लो ले आवाज दिनुभएको छ।
विजय तामाङको शब्द रहेको गीतमा प्रकाश तामाङ तितुङले संगीत भरेको छ। गीतको एरेन्ज आगा लामाले गरेको छ भने मिकसिङ दिपेश प्रधानले गरेको हो।
तिहारको समय दाजुभाइ दिदीबहिनी टाढिएर बस्नुपर्ने नमीठो क्षणलाई देखाइएको छ।
गीतको भिडियोमा कलाकार अमीर दोङ, निरञ्जलि लामा, अरुण लोप्चन र सुस्मिता तामाङको अभिनय रहेको छ। सबै कलाकार दिया रिजालको श्रृंगारमा सजिएका थिए। सुशील लामाको कोरियोग्राफीमा बनेको उक्त भिडियोको सिनेमाटोग्राफीमा सुर्य लामाले गरेको हो।
गीतको भिडियो निर्माण विजय तामाङ, बुद्धि माया वाईबा, मङ्गली तामाङ र कुसुम थोकरको संयुक्त लगानीमा भएको हो।