कार्तिक ४, काठमाडौं। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।
आज मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३ हजार ९३ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ सय ८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ९६ हजार ६०९ जना संक्रमण मुक्त भएका छन् ।
१३ हजार ८६१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १३ लाख १४ हजार ७७९ पुगेको छ ।क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २८ हजार १९६ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ७८ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २७३ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ