कार्तिक ५, काठमाडौं। आज बुधबार राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमका बीच ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन् ।
शिलान्यास भएको करिब ५ वर्षपछि रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको हो ।२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपतिबाट पुनर्निमाण सम्पन्न भएका बालगोपालेश्वर मन्दिर र दरबार हाई स्कूल पनि उद्घाटन गरिएको थियो।