कार्तिक ५, काठमाडौं। बुधबार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। हालसम्म संक्रमणमा भएका व्यक्तिहरुको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।
काठमाडौँ उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जना रहेका छन्।
कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार २९ हजार ८०० जना संक्रमित होम आएसोलेसनमा रहेका छन् भने १४ हजार ६७६ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्।
त्यस्तै आज २ हजार ९९६ जना कोरोनाछकोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म निको भएर घर फर्किनेको संख्या संख्या ९९ हार ६०५ पुगेको छ।
आईसियुमा उपचार गराउने संक्रमितहरुको संख्या २६९ र भेन्टिलेटरमा उपचार भएका संक्रमितहरुको संख्या ८७ रहेको छ। देशभर ४ हजार ६५ जना क्वारेन्टिनमा रहेको ।