चर्चित गायिका निर्मला घिसिङको माया प्रेम र बिछोडले भरिएको ‘ बिर्सी जानेले ‘ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
निर्मला घिसिङको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा शब्द कुमार मिश्रको रहेको छ।पूर्वा लामाले संगीत भरेको गीतको एरेन्ज फबिन्द्र राई र मोनिटरिङ कर्मा ग्याल्छेन बम्जनले गरेको छ।
गीतको भिडियोमा योगेश लामालाई बाँसुरी , सोहन घिसिङले गितार र राजन गोपाललाई सारंगीको साथमा देख्न सकिन्छ।