कार्तिक ९, काठमाडौं। आईतबार देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।
आज मात्र २ हजार ८५६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। हाल देशभर ४५ हजार ५७२ रहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३११ पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो।
थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १हजार ५३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३३६ कोरोना संक्रमण मुक्त भएका छन्। अहिले सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको मन्त्रालयले जनाएको छ।