कार्तिक ९, काठमाडौं। युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा रोयल च्यालेन्जर्स बेङ्गलोर साविक उपविजेता चेन्नई सुपर किङ्सद्वारा ८ विकेटले पराजित भएको छ।
बेङ्गलोरले दिएको १४६ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा ४ बलमा २ विकेट गुमाएर पुरा गरेको छ।
चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ भने चेन्नई सातौं स्थानमा उक्लिएको छ ।