कार्तिक २६, काठमाडौं। मुम्बई इण्डियन्सले यस सिजनको आईपीएल टी- २० को उपाधि आफ्नो नाम गरेको छ।
गएराति भएको दिल्ली क्यापिटलस् र मुम्बइ इन्डियन्स बीचको फाइनलमा दिल्ली क्याापिटल्सलाई ५ विकेटले हाराउदै मुम्बइले उपाधि जित्न सफल भएको हो।मुम्बईको आईपीएलमा यो पाँचौँ जीत हो।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ७ विकेट गुमाई १ सय ५६ रनमात्र बनाउन सक्यो । मुम्बईले अहिलेसम्म फाइनल एकपल्ट मात्र हारेको थियो, त्यो विजय लक्ष्य पछ्याउँदा नै थियो । तर कप्तान रोहित शर्माले ६८ रन बनाएपछि मुम्बईले सजिलै १८.४ ओभरमा लक्ष्य पुरा गर्यो ।
गत वर्ष पनि मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । मुम्बईले यसअघि २०१३, २०१५ र २०१७ मा यो उपाधि जितेको हो । दिल्लीमाथि मुम्बईको यस सिजनको प्रतियोगितामा यो चौथो जित हो । राउन्ड रोबिनको दुवै खेलमा विजय हात पारेको मुम्बईले शुक्रबार दिल्लीलाई क्वालिफायर १ मा ५७ रनले पराजित गरी फाइनल तय गरेको थियो ।