कार्तिक २६, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुने बित्तिकै पार्टी फुटी नहाल्ने बताएका छन् ।
संखुवासभाको किमाथान्का नाका लगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाहँदैमा पार्टी विभाजन नहुने दाबी गरेका छन् ।
पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको पनि बताए ।