कार्तिक २७, काठमाडौं। बामदेव गौतमको राष्ट्रिय सभा सदस्य र मन्त्री बन्ने बाटो खुलेको छ।
‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा गौतमलाई मन्त्री नबनाउन सर्वोच्चले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको हो।
बर्दियाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भई पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको थियो। त्यसपछि गौतमविरुद्ध मन्त्री बन्न नपाउने र उनको राष्ट्रियसभा सदस्यतासमेत बदर हुनुपर्ने आदेश जारी गर्न माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। यसअघि असोज ७ मा निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गौतम राष्ट्रियसभा सदस्य हुन पाउने तर उनलाई मन्त्री बन्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको थियो।