कार्तिक २७, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) का लागि बैठक बोलाएका हुन्। बैठक भोलि अपराह्न ४ बजे बालुवाटारमा बस्ने पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।
लामो समयदेखि चल्दै आएको नेकपा भित्रको विवादलाई सल्टाउन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई बैठक बोलाउन आग्रह गरेपछि बैठक बोलाइएको हो।
सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक बालुवाटारमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।