कार्तिक २८, काठमाडौं। बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टीमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने भएको छ।
दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा आज खेल पौने पाँच बजे खेल्नेछ।
‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ नाम दिइएको खेलमा नेपाल र बंगलादेश जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।
नेपालले पछिल्लो खेलमा बंगलादेशलाई बंगबन्धु गोल्डकपमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। त्यो समयमा राष्ट्रिय टोली सम्हालेका प्रशिक्षक बालगोपाल महर्जन अहिले पनि प्रशिक्षकको भूमिकामा छन्।
लामो समयपछि मैदान फर्किएको हौसलासँगै खेल जित्नका लागि उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले खेलअघिको प्रेस मिटमा भने।