कार्तिक २८, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। सक्रमण्को केही लक्षण देखा परेपछि डा केसीले हिजो गर्नुभएको पिसिआरटेस्ट गर्नुभएको थियो । डा केसीको स्वाब परिक्षणको रिपोर्ट शुक्रबार आएको छ
बिहिबार नुवाकोटको त्रिशुली अस्पताल पुगेका डा.केसीमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं आउनु भएको छ । चिकित्सकहरुका अनुसार डा. केसीलाई रुघा खोकी लाग्नुका साथै ज्वरो समेत आएको छ । यसै गरी डा .केसीमा श्वास प्रस्वासमा समेत समस्या देखिएको छ। डा. केसी शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना हुनुभएको छ।