कार्तिक २८, काठमाडौं । बंगलादेशसँगको मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली घरेलु टोलीसँग २-० ले पराजित भएको छ।
बंगबन्धु रङ्गशालामा आज भएको मैत्रीपुर्ण खेलको १०औं मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे थिए ।
नेपालले अब बङ्गलादेशसँग आउँदो मङ्गलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसित फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित भएको थियो ।
करिब एक वर्षपछि आज राष्ट्रिय फुटबल टोली मैदानमा उत्रिएको हो। कोरोनाका कारण कुनै फुटबल प्रतियोगिता भएको थिएन।