मंसिर १, काठमाडौं। हङकङको याउमातेइमा नेपालीले गैरकानुनी रूपमा सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ। आइतबार राति यस्तो घटना घटेको राजकुमार राईले जानकारी दिए।
मृत्यु भएका नौ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्।
आगलागीमा परी १७ जना घाइते हुनुका साथै सात जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
हाल हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लाम निरीक्षणको क्रममा घटनास्थलमा रहेको राईले फेसबुकमार्फत् जानकारी दिएका छन्।