मंसिर ३, लमजुङ।लमजुङको दोर्दी गाउँपालिका-४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
सुन्दरबजार नगरपालिकाबाट दोर्दी-५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नं को जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका बताउनु भयो।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये चार गम्भीर र सात जना सामान्य छन् । दोर्दी गाउँपालिका ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नम्बर ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते ११ जनाको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ