गायक बाबुल गिरीको आवाजमा बनेको ‘ नेपाल गए कपालसँगै ‘ गीतको भिडियो सार्वजनिक भएको छ। गायक गिरीको आवाजमा साथ दिएकी छिन् गायिका बसन्ती लामाले।
गीतको शब्द रचना बाबुल गिरीको रहेको छ। साजन शाहको रेकर्डिङ मिक्सिङ रहेको गीतको एरेन्ज र कम्पोज गायक गिरी आफैल गरेका हुन्।
सुरेन्द्र मल्लको निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेता पल शाह र ट्विन्नी गर्ल प्रिज्मा प्रिन्सिको फिचर भएको छ। जसमा तीनैजनाको दमदार नृत्य देख्न सकिन्छ।
” नेपाल गए कपालसंगै ” गितको म्युजिक भिडियो केन्द्र मोसन पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।