मंसिर ४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नक्कली पिसीआर रिपोर्ट प्रकरण छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
विदेश पुगेका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय अन्तर्गत ‘ स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ ‘ ले तीन सदस्यीय समिति गठन गरेको हो । डाक्टर मुकुन्द शर्मा संयोजकत्वको समितिमा डा. अमृत पोखरेल र बलराम गौतम सदस्य छन् ।
काठमाडौंको ह्याम्स अस्पताल, स्टार अस्पताल, सूर्या हेल्थ केयर र सेन्टर डाइगोनोस्टी ल्याबरोटरीले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।
नेपालमा नेगेटिभ रिपोर्ट आएका यात्रुहरुमा विदेश पुगेपछि कोरोना संक्रमण पुष्टि हुने भएपछि विभिन्न देशमा नेपाल एयरलाइन्सको उडान रोकिएको छ । हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने निर्णय गरेको छ ।